बिर्तामोड । जन्ती आएका समुहबिच झगडा हुँदा झापामा ५ जना घाइते भएका छन् ।
हिजो राति कनकाई नगरपालिका-२ सुकेडागीका धनबहादुर लिम्बुको घरमा बिबाह कार्याक्रम थियो ।
जन्ती आएका समूह र स्थानीयबिच नाच्ने क्रममा एक आपसमा झै-झगडा तथा कुटपिट हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
झगडामा घाइते हुनेमा कनकाई-३ का युकेश न्यौपाने, २ का मनिष श्रेष्ठ, ३ बस्ने प्रिन्स ठकुरी, आदित्य चिमरिया र २ का भिम राई रहेका छन् ।
घटनास्थलमा प्रहरी पुगेर तत्काल उद्दार गरेर अस्पताल पुर्याएको थियो । उनीहरुको उपचार भइरहेको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















