बिर्तामोड ।  जेनजी आन्दोलनको समयमा प्रहरीलाई कुटपिट गर्ने एकजना पक्राउ परेका छन् ।

इलाकम प्रहरी कार्यालय इप्रका अनारमनीमा कार्यारत प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गर्ने ताप्लेजुङको फक्तालुङ गाउँपालिका-१ खेजेदिन बस्ने जिते शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सादा पोशाकको प्रहरीको संयुक्त टोलीले शेर्पालाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।