बिर्तामोड । बालिका बिरुद्धको कसुरमा १ बर्ष कैद तोकिएका कचनकवल गाउँपालिकाका एकजना पक्राउ परेका छन् ।

प्रहरीले कचनकवल-७ का गोपाल राजवंशीलाई पक्राउ गरेको जनाएको छ । गतबर्षको मंसिर-५ गते सजाय हुने फैसला भएका उनी फरार रहेका थिए ।

राजवंशीलाई जिप्रका झापाबाट खटिएको फैसला कार्यान्वयनको टोलीले प्रक्राउ गरेको जनाएको छ ।