झापा । झापाको भद्रपुरमा दुई बालिकामाथि सामुहिक बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न अर्का एकजना फरार रहेका छन् ।
भद्रपुर नगरपालिका-५ स्थित अक्षय सापकोटाको कोठामा सापकोटा र सोही स्थानका विवेक राईले बुद्वशान्ति-७ की १५ र मेचीनगर-१३ कि १३ बर्षका दुई बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई ललाई फकाई घरको अलग अलग कोठामा राखेर मंसिर २८ गते जबर्जस्ती करणी गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीपछि प्रहरीले राईलाई उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न सापकोटा फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।

















