बिर्तामोड । किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बिर्तामोडबाट एकजना पक्राउ परेका छन् ।

मंसिर २७ गते अर्जुनधारा-११ मा रहेको सुर्योदय होटलमा १६ बर्षकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही स्थानका कृष्ण बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ ।

किशोरीमाथि ललाई फकाई करणी गरेको भन्ने मौखिक जानकारीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरिक्षक राजेश पौडेलको कमाण्डको टोलीले २३ बर्षका बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाइएको छ ।