बिर्तामोड । झापाको सुरुङगाबाट झगडा गर्ने ५ जना पक्राउ परेका छन् ।
व्यक्तिगत दुस्मनीका कारण झगडा गरिरहेको भन्ने सुचना पाएको प्रहरीले त्यस स्थानबाट ५ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका-५ बस्ने पवन उप्रेती, पंकज उप्रेती, सुरज सिगु, अनुप परियार र राहुल मेचे रहेका छन् ।
हिजो साँझ कनकाई नगरपालिका-३ टप्पु चोक स्थित कनकाई मा.बिको खेल मैदानमा उनीहरु एक आपसमा कुटपिट गरिरहेका थिए ।

















