बिर्तामोड । टावर मर्मतको क्रममा तार चोरी गरेको अभियोगमा बिर्तामोड प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

गौरादह-६ कमलेश्वर राजवंशीको घरमा राखेको एनसेल टावर मर्मत गर्ने जिम्मा/ ठेक्का लिएका मोरङको उर्लाबारी-२ बस्ने सुवाष आचार्य र मोरङको रतुवामाई-८ बस्ने प्रदिप बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोडको एनसेल अफिसबाट टावरमा प्रयोग हुने तार चोरी गरेको भनेर उजुरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।