झापा । ओखलढुङ्गाको चिशङ्खुगढी–६ मा दम्पतीको बिभत्स हत्या भएको छ । स्थानीय बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो ।
पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानकाे शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृत अवस्थामा शव भेटिएको हो ।

















