अर्जुनधारा । अर्जुनधारा-९ मा गएराति लाखौंको धनमाल चोरी भएको छ ।
२ जनाको संख्यामा आएका व्यक्तिले स्थानीय नारद पोखरेलको घरबाट नगद र सुन चोरी गरेका हुन् ।
घरमा प्रवेश गरेर दराज खोली सुनको गर गहना २ तोला, चादीको गर गहना ३ तोला, नगद ५५ हजार र भिभो कम्पनीको मोबाइल चोरी गरेको प्रहरीले जनाएको छ ।

















