बिर्तामोड । चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले शनिश्चरे रोडबाट पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको २०८१ असोजको फैसला बमोजिम इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड-४ का उज्जवल विकलाई पक्राउ गरेको हो ।
बिकमाथि ६ महिना कैद सजाय र ६ हजार रुपैयाँ जरिवाना असुल गर्न अदालतले फैसला गरेको थियो । उनलाई आज अदालतमा उपस्थित गराएर फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी प्रहरीको छ ।

















