बिर्तामाेड । भद्रपुर बिमानस्थलबाट ठुलाे परिमाणमा लागूऔषध ब्राउन सुगर बरामद भएकाे छ । लागूऔषध बाेकेर यति एयरकाे जहाजबाट काठमाण्डाै जान लागेकाे अवस्थामा प्रहरीले एक महिला र काठमाण्डाैबाट थप २ जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।
पक्राउ पर्नेमा हुम्ला जिल्लाकाे खार्पुनाथ गाउँपालिका-२ बस्ने राेशनी बुढा, सिन्धुपाल्चाेककाे पाँचपाेखरी गाउँपालिका-६ का सन्ताेष बन्जारा र रामेछापकाे दाेरम्बा गाउँपालिका-५ बस्ने थाेमस तामाङ्ग रहेका छन् ।
हिजाे बेलुका भद्रपुरस्थित बिमान सुरक्षा गार्डले चेकजाँच गर्ने क्रममा काठमाण्डाै जान लागेकाे अवस्थामा बुढाले लगाएकाे सुरुवालकाे दुबै गाेजीमा २ वटा प्लाष्टिकमा पाेकाे पारेकाे १४४ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएकाे थियाे ।
उनकै बयानका आधारमा बन्जारा र तामाङ्गलाई लागूऔषध नियन्त्रण ब्युराेले बुढानिलकण्ठ-६ भद्रकालीबाट नियन्त्रणमा लिएकाे छ । बुढाले उनीहरुकाे लागि लागूऔषध लगेकाे बयान दिएकाे प्रहरीले जनाएकाे छ । बुढालाई जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखेर थप अनुसंधान गरिरहेकाे प्हरीले जनाएकाे छ ।

















