झापा । झापाको भद्रपुर–१० सत्रविघेमा एक जनाको हत्या भएको छ । घाँटीमा सिरिञ्ज प्रहार भएर हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेमा सोही स्थान वस्ने खेमराज ढकाल रहेका छन । उनको सिरहाको बिष्णुपुर-१ बस्ने बर्ष २६ को दिनेश कुमार सिंहले सिरिञ्जले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् ।
बिहीबार साँझ करिब ७ बजे छिमेकीको घर वाट आफ्नो घर फर्कँदै गरेका ढकालमाथि सिरिन्ज प्रहार भएको प्रहरीले वताएको छ । घाइते ढकाललाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। हाल शवलाइ ओमसाइ पाथिभरा अस्पताल भद्रपुरमा राखिएको छ ।
घटनामा संलग्न सिंहलाई सिरिञ्जसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी एमविविएसका विध्यार्थी रहेको समेत वुझिएको छ । घटना किन र के कारणले घटयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

















