बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले भारतीय जिप नियन्त्रणमा लिएको छ । नेपालमा गैरकानुनी रुपमा भित्र्याएर चलाउँदै गरेको जिप प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिजो राति २० बजेको समयमा बिर्तामोड-५ कृषी थोक बजार नजिकबाट एचपी-३८-जि ६५६७ नम्बरको भारतीय जिप प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालमा सञ्चालनका लागि बैधानिक कागजपत्र नबनाएको अवस्थामा जिप फेला पारिएको प्रहरीले जानकारी दिएको छ । उक्त जिप इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।