झापा । मोटर चोरीमा संलग्न चारजना अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकले एउटा मोटरसाइकल, सिटी सफारी र चारजना अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ ।
हिजो बेलुका साढे ५ बजेको समयमा कमल गाउँपालिका-५ बाट बिभिन्न मितिमा मानिसहरुको घर खेतबाट पानी मोटर, ब्याट्री, बोरिङको पाइपहरु, साइकल समेत चोरी गरी बेचबिखन गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मोरङको रतुवामाई-५ बस्ने बर्ष २८ को बिवस ठटाल, कमल गा.पा. ५ बस्ने बर्ष २० को अरबिन दर्जी, बर्ष ३० को बिबेक बिक र बर्ष ३० को राहुल चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुको साथबाट को ३४ प ५७७९ न.को स्कुटी र द.न.पा.ई ६१८ न. को सिटीसफारी बरामद भएको जनाइएको छ । उनीहरूलाई इप्रका दमकमा राखेर सोधपुछ भइरहेको छ ।

















