बिर्तामोड । काठमाण्डौमा लुटपाट गरेर फरार दुईजना अभियुक्त झापाबाट पक्राउ परेेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले काठमाण्डौ महानगरपालिका-१४ ध्याङखेलमा कुटपिट तथा लुटपाट गरेर फरार भएका इलामको सुर्योदय नगरपालिका-१४ का दिपक राई र सुर्खेतको चिङगाड गाउपालिका-५ बस्ने रमेश बुडा मगरलाई पक्राउ गरेको हो ।

उनीहरूलाई बिर्तामोड नगरपालिका-१ सिने प्लाजा छेउबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाहीका लागि काठमाण्ठौ पठाइने जनाइएको छ ।