अर्जुनधारा । महिलामाथि जवरजस्ती करणी गरेको अभियोगमा अर्जुनधाराबाट एक बृद्ध पक्राउ परेका छन् ।

इलामको माई नगरपालिका-५ घर भएर अर्जुनधारा-९ बाह्रघरे स्थित मामा घरमा बस्दै आएकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बस्ने ७४ बर्षका प्रमानन्द पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

२८ गते राती आफुमाथि जवरजस्ती करणी भएको भनेर पीडितले हिजो साँझ प्रहरीलाई जानकारी गराउने साथ प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले पीडक र पीडितको स्वास्थ्य परिक्षण गर्न भद्रपुरस्थित अस्पताल पठाएको जनाएको छ ।