बिर्तामोड । झापाको बिर्तामोडमा गाईलाई करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका-२ चैतुबारीका कुशलाल राजंशीको गाईलाई करणी गरेको अभियोगमा भारतको पश्चिम बांगाल अलिपुरद्दार घर भई हाल सोही स्थानमा रहेको कन्काई प्लाई फ्याक्ट्रिमा काम गर्ने बिपुल रोय पक्राउ परेका हुन् ।
हिजो दिउँस ३ बजेको समयमा रंजित राजवंशीको खाली खेतमा चर्ने क्रममा रोयले गाईलाई करणी गर्दै गरेको अबस्थामा स्थानीयले देखेर नियन्त्रणमा लिएका थिए ।
रोयलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । अभियोग प्रमाणित भएको खण्डमा पशु करणी ऐन बमोजिम २ बर्ष कैद र २० हजार रुपैया जरिवाना हुने कानुनी प्नावधान छ ।

















