झापा । श्रीमतीकाे धारिलाे हतियार प्रहारबाट ताप्लेजुङमा श्रीमान घाइते भएका छन् । आज बिहान साढे ९ बजेकाे समयमा ताप्लेजुङकाे फक्तालुङ-२ खेजेनिम लुकथुकमा श्रीमतीकाे हतियार प्रहारबाट श्रीमान घाइते भएका हुन् । 

आईतराज लिम्बु र उनकी श्रीमती सुचना लिम्बु बिच सामान्य घरायसी वाद बिबादका क्रममा सुचना लिम्बुले बाम्फोकले प्रहार गर्दा आईतराज लिम्वुको टाउको  पछाडि पट्टीको भागमा चोट लागेकाे हाे ।

उनकाे लिमखिंम स्वास्थ्य चौकी सिंवामा ल्याई उपचार भईरहेको छ ।घाइतेकाे अवस्था बोल्न सक्ने मध्यम छ भने हतियार प्रहार गर्ने सुचनालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकाे जनाइएकाे छ ।