झापा । आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्करपियाेबाट ४२० किलो गाँजा बरामद भएको छ ।

दुर्घटनामा परेको बा ८ च ६५०८ नम्बरको स्करपियाेबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो । भित्री सडक खण्डमा तीव्र गतिमा गुडिरहेको स्करपियाे अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा कुदाउँदा गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीले बताएको छ ।