झापा । सर्लाहीमा अज्ञात समुहको गोली प्रहारबाट एकजना इन्जिनियरको मृत्यु भएको छ ।
गएराती साढे ८ बजेको समयमा पुर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यारत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका-१० पानी ट्याङ्की नजिक रहेको कोठामा बस्दै आएका सिराहाको सुखिपुर घर भई पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत उनलाई नचिनेको मान्छेको समुहले गोली प्रहार गरेको थियो ।
३८ बर्षका सब इन्जिनियर यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि पठाइएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । घटनामा संलग्न व्यक्तिको खोजि कार्य भई रहेको प्रहरीले जनाएको छ ।

















