बिर्तामाेड । भदाै २४ गते भएकाे आन्दाेलनकाे समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएकाे पेस्ताेल, म्यागाजिन र गाेलीसहित एक जेनजी पक्राउ परेका छन् । 

IMG_20260216_125805

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  इलाका प्रहरी कार्यालय अनारमनी तथा लागूऔषध नियन्त्रण ब्युराे काँकडभिट्टाकाे टाेलीले कनकाई नगरपालिका-८ बाट ९ एमएमकाे एकथान पेस्ताेल, साे काे गाेली ४० थान र एकथान म्यागाजिन बरामद गरेकाे छ । प्रहरीले साेही स्थानका २२ बर्षका सुजय राजबंशीलाई पनि नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

IMG-20260216-WA0006

कनकाई-८ मिश्रटाेलमा अवैध हतियार लुकाएकाे, तथा लागूऔषधकाे काराेबार भइरहेकाे भन्ने सुचनाका आधारमा छापा मार्न गएकाे प्रहरी टाेलीले तुलबहादुर थापा मगरकाे घरबाट हतियार बरामद गरेकाे जनाएकाे छ । उनका छाेरा २२ बर्षका साैगात थापा मगरले घर पछाडिकाे कुखुराकाे खाेरमा ड्रमभित्र लुकाएकाे अवस्थामा हतियार फेला परेकाे प्रहरीकाे भनाई छ । 

प्रहरीले हतियार बरामद गरेर लुटपाटमा सलग्न राजबंशीलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ । साैगात थापा मगर भने फरार रहेकाे हुनाले खाेजतलास भइरहेकाे प्रहरीले जनाएकाे छ । साे हतियार गएकाे भाद्र २४ गते इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामाेडबाट लुटिएकाे पुष्टी भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।