बिर्तामोड । झापाको कनकाई पुलमा अहिले शंकास्पद बस्तु फेला परेको छ ।
कनकाई पुलको पश्चिम पटी बम जस्तो बस्तु फेला परेको हो । जसका कारण त्यस क्षेत्रको यातायात अवरुद्व छ ।
कागजले र्यापिङ गरको अवस्थामा सो पुलको मध्यभागमा सो बस्तु फेला परेको सुरक्षास्रोतले जनाएको छ ।
नेपाली सेनाको वम डिस्पोजल टोलीले त्यो बस्तुको व्यवस्थापन गर्न लगाउने तयारी भइरहेको जनाइएको छ । केही समय अघि पनि सोही पुलमा बम जस्तो सामग्री राखेर आतंकित पारिएको थियो ।
त्यो बस्तुमा 'नेपाल बन्द होसियार' लेखेको पाइएको छ ।

















