बिर्तामोड । दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गरेको बिरोधमा उनका समर्थक आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्र,राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईंलाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईंका समर्थकले हिजो राति बिर्तामोडमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् ।

बिर्तामोड-३ स्थित खाद्य संस्थानको गोदाम अगाडि पुर्व पश्चिम राजमार्गमा नागरिक बचाउ महाअभियानका मेची अञ्चल संयोजक मधुरकान्त सिटौलाको नेतृत्व, आन्दोलन परिचालन समितिका झापा जिल्ला संयोजक  यम कुमार मैनाली,  कन्काई नगर संयोजक विष्णु राजवंशी लगायत करिब १० जनाको संख्यामा भेला जम्मा भएर सडकमा टायर बालिएको थियो ।

संयोजक दुर्गा प्रसाईंलाइ पक्राउ गरेको विरुद्धमा "दुर्गा प्रसाईंलाई रिहा गर, सुशीला कार्की मुर्दावाद, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र मुर्दावाद " जस्ता नारा लगमएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले तत्काल प्रदर्शनकारीहरुलाई तितरबितर बनाएर आगो निभाएको थियो ।