बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले पानी तान्ने मोटरसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका-११ मा डेरा गरेर बस्ने मानिसहरु झै झगडा गरिरहेको भन्ने जानकारी प्राप्त हुनसाथ प्रहरी पोष्ट बसपार्कको टोलीले भारतको दार्जिलिङ बागडुग्रा घर भएकी पदमा बेगम र आसाम घर भएका अभिषेक शेखलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको डेराकोठामा चेकजाँच गर्दा पानी तान्ने मोटर २ थान, बेल्चा ४ थान, मार्तोल २ थान, पिलास ७ थान, रेन्च १ थान र बिजुलिको तारहरु समेत फेला पारेको छ ।