बिर्तामोड । दुईवटा युवा समुहको झगडाका क्रममा प्रहरी चौकी विर्तावजार तोडफोड भएको छ ।
बिर्तामोड-३ को काजी पार्टी प्यालेसमा काम गर्ने बाह्रदशी-४ का सुजन राईलाई सोही पाटी प्यालेसमा आएका कोमल शिवाकोटी, अर्जुनधारा-९ बस्ने बिपिन बुढाथोकी र बिर्तामोड-३ बस्ने आकाश खड्काले सामान्य बिबाद भई कुटपिट गरेका थिए ।
प्रहरीले कुटपिट गर्ने तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी बिर्ताबजारमा ल्याएर राखिएकोमा तत्कालै सुजन राई पक्षका ४० जनाको सख्यामा उत्तेजित भिड चौकीमा आएर तोडफोड गरेको हो ।
उनीहरूले तोडफोड गर्दा प्रहरी चौकी बिर्ताबजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुटेको, कार्यालयको कम्पाउण्ड भित्र रहेको कम्प्युटर टेवल समेत तोडफोड गरेर क्षती पुर्याएका छन् ।
कुटपिटमा सम्लग्न तिनै जनालाई नियन्त्रणमा लिएर इप्रका अनारमनीमा राखिएको छ । घाइते राइको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी तोडफोडमा संलग्न अरु फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।

















