बिर्तामोड । जेनजी आन्दोलनमा फरार दुईजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङगाले झापाको कनकाई नपा ४ त्रिबेणी चोकबाट लागूऔषध मुद्दामा इप्रका अनारमनीको हिरासतबाट फरार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध मुद्दामा पक्राउ परेका सुनिल यादव र मुस्ताफ अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भदौ २४ गते उनीहरु इप्रका अनारमनीको हिरासतबाट फरार भएका थिए ।

















