बिर्तामोड । लागूऔषध ब्राउन सुगरसहित अर्जुनधाराका २ युवा मेचीनगरबाट पक्राउ परेका छन् ।
गएराति १० बजेको समयमा मेचीनगर-१५ स्थित कालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यमिरगढीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं १ ०१.०१२प ५९३३ नं.को कालो मोटरसाईकलमा सवार- अर्जुनधारा-४ रातेखाल बस्ने शिव दनुवार र उक्त मोसामा पछाडि बसेका सोही स्थानका नितेश दनुवार पक्राउ परेका हुन् ।
उनीहरू माथि शंका लागेर चेकजाँच गर्दा कालो प्लास्टिकमा पोका पारेर मुख भित्र लुकाईछपाई ल्याएको २ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेको लागूऔषधसहित उनीहरुलाई आवश्यक कारवाहीका लागि प्रहरीमा बुझाएको छ ।

















