बिर्तामोड । झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अर्जुनधाराका एकसहित तीनजना फरार अभियुक्त पक्राउ परेका छन् ।

चोरी मुद्दामा ६ महिना १५ दिन कैद र ५ हजार रुपैया जरिवाना तोकिएको अर्जुनधारा-२ झेलेनी बस्ने केवल कुमार गहतराज पक्राउ परेका छन् ।

उनलाई अप्रबिट खुदुनाबारीको टोलीले घरबाट नियन्त्रणमा लिएको हो ।  

यसैगरी बहुविवाह मुद्दामा फरार रहेका कन्काई-३ बस्ने बर्ष ३९ को अरूण साहलाई पक्राउ गरि कारागार चलान गरिएको छ । १२ हजार ५०० रुपैंया जरिवाना र १ बर्ष ५ महिना ७ दिन कैद सजाय उनले व्यहोर्नु पर्नेछ ।

यस्तै चोरी मुद्दामा फरार रहेका झापा-४ बस्ने बर्ष ३४ को मो.मुस्ताकिम सेक पक्राउ परेका छन् । उनलृ ३५ हजार ५०० रुपैयाँ जरिवाना तिरेर छुटेको प्रहरीले जनाएको छ ।