बिर्तामोड । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार फेला परेको छ ।

हिजो साँझ दमक नगरपालिका-६ थाना रोडस्थित याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग पूर्णरुपमा जलेको र हतियारको सम्पुर्ण भागमा खिया लागेको अवस्थामा वाई१३४८७ नम्बरको मार्क ४ राईफल फेला परेको हो ।

उक्त हतियार जेनजी आन्दोलनको क्रममा इप्रका दमकबाट लुटिएको पुष्टि भएको छ । झापामा जेनजी आन्दोलनमा लुटिएका १४ थान हतियार अझै गायव नै रहेको छ ।

करिब ६ महिनाअघिको प्रदर्शनका क्रममा नेपाल प्रहरीका करिब १३ सय हतियार लुटिएकारहराएका थिए । तीमध्ये अझै ४ सय हतियार फेला परेका छैनन् । प्रहरीका करिब १ लाख राउन्ड गोली पनि अभिलेखबाट हराएका थिए ।