बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले तास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।

गएराती साढे १० बजेको समयमा बिर्तामोड-५ ग्लोबल आईएमई बैक छेउका पुरुषोतम सुबेदीको घरमा तास खेलाईरहेको अवस्थामा घरधनी सुवेदीसहित ४ जना पक्राउ परेका छन् ।

प्रहरीले सुवेदीसहित बिर्तामोड-५ का अमर बहादुर तामाङ, युवराज प्रसाद साह र भारतको वेष्ट बंगाल उत्तर दिनासपुर बस्ने बिपुल रोय रहेका छन् ।

उनीहरुको साथबाट १ बुङ तास र नगद १८ हजार ५३५ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।