बिर्तामोड । झापा प्रहरीले ब्राउन सुगरसहित फेला पारेका एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले
कमल गाउंपालिका वडा नं.६ गुवाबारीमा मे ११ प ६०५० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा कमल गाउँपालिका-६ का लक्ष्मण रमजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
राजवंशीले लगाएको कपडाको सटको गोजीमा प्लाष्टिकमा पोका पारेर राखेको अवस्थामा लागु औषध ३ ग्राम ४४० मिलिग्राम फेला परेको थियो ।
प्रहरीले उक्त लागूऔषध, नगद २२ हजार, मोबाइल १ थान र २२० सिसिको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको ।

















