बिर्तामोड । गौरादहका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने भीष्म सिटौलालाई प्रहरीले पक्राउ गरेर १० दिनको म्याद थप गरेको छ । 

मादक पदार्थ सेवन गरेर हिजो साँझ गौरादह-५ राजपती चोक चप्रामारी बस्ने सिटौलाले मेयर सुवेदीलाई गाली गलौज तथा हातपात गरेका थिए । 

आज दिउसो प्रहरीले सिटौलालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको हो । जिल्ला प्रशाशन कार्यालय झापामा उपस्थित गराइ मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा म्याद थप गरेर अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।