बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषध कारोबारमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।
हिजो बेलुका बाह्रदशी-६ पचास बिघेबाट इप्रका अनारमनी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले बिर्तामोड-८ गरामनी बस्ने बसन्त न्यौपाने र ६ स्यालडांगी बस्ने राहुल लुईटेललाई शंका लागी चेक जाँच गर्दा १ ग्राम २१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
सोही स्थानबाट अर्जुनधारा-८ बस्ने सुजन गिरी र ५ बस्ने डिल्लु खड्कालाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

















