बिर्तामोड । बिर्तामोड बसपार्क क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न भएको अभियोगमा प्रहरीले ५ महिलासहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

गएराती प्रहरीले गरेको चेकजाँचमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएकामा ४ जना भारतीय नागरिक पनि छन् ।

पक्राउ पर्नेमा पाँचथरकी मञ्जुला सिवा, इलामको सन्दकपुर गाउँपालिका-५ बस्ने उर्जली राई, भद्रपुर-३ बस्ने सन्ध्या लिम्बु, मोरङक मिक्लाजुङ-३ बस्ने बिना राई, ताप्लेजुङ बस्ने रेसा लिम्बु रहेका छन् ।

यसैगरी भारतको दार्जिलिङ बस्ने भिम बहादुर कागते, रोशन मगर, सन्तोष कागते, बिक्रम थापा र ईलाम-११ बस्ने सन्तोष लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा-११ को बिर्तामोड बसपार्क सञ्चालित राईमान होटल एण्ड लजबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाईएको छ ।