बिर्तामोड । मानसिक अवस्था कमजोर भएकी एक महिलालाई जवरजस्ती करणी गरेर गर्भवती बनाएको अभियोगमा अर्जुनधाराबाट एक बृद्व पक्राउ परेका छन् ।
गत कार्तिक ७ गते दिउसो अर्जुनधारा-५ बस्ने ७० बर्षका शंकर चापागाईले सोही स्थानकी ३३ बर्षिय महिलालाई उनकै घरमा जवरजस्ती करणी गरेका थिए ।
विवाह गर्ने प्रलोभनमा ललाई फकाई करणी गरेका पीडितको ४ महिनाको गर्भ समेत रहेको प्रहरीले जनाएको छ ।
पीडितका आफन्तले इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएपछि प्रहरीले चापागाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















