बिर्तामोड । डाका मुद्दामा फरार प्रतिवादी बिर्तामोडबाट पक्राउ परेेका छन् ।
जिल्ला अदालत सुनसरीको ११ बर्ष अगाडिको फैसला बमोजिम डाका मुद्धामा ५ बर्ष ११ महिना ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना तोकिएका उनी बिर्तामोड-५ बाट पक्राउ परेका हुन् ।
धरान-१५ घर भई हाल बिर्तामोड-५ को किरात चोकमा डेरा लिएर बसेका अर्जुन लिम्बुलाई प्रदेश प्रहरी कार्यालय धरान सुनसरी र इप्रका अनारमनीको टोलीले पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

















