झापा । लागूऔषध ब्राउन सुगरको कारोबारले आक्रान्त झापामा यसको थोक बिक्रेता पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाले ७ जना लागूऔषध कारोबारी पक्राउ गरेको जनाएको छ ।
गएराति भद्रपुर ६ बस्ने श्रवण यादवको घरमा लागूऔषध कारोबार भई रहेको छ, भन्ने सुचनाका आधारमा उनको घर खानतलासी गर्दा ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
लागूऔषधसँगै भद्रपुर ६ बस्ने श्रवण यादव, सोही ठाउँ बस्ने गणेश राजवंशी र प्रकाश राजवंशी पक्राउ परेका छन् ।
त्यस्तै गएराति भद्रपुर ५ भद्रपुर बसपार्कमा सोही प्रहरी टोलीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर ५ बस्ने शुभम साह , वडा नं ४ बस्ने ३ जयकरण कहार, वडा नं ६ बस्ने दुलाल शेख र सोही ठाउँ बस्ने मोहम्मद अमिरबाब रहेका छन् ।
उनीहरुको साथबाट १०ग्राम २००मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

















