बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड बसपार्कबाट फेरि एक महिलासहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
हिजो राति ९ बजेको समयमा अर्जुनधारा-११ बिर्तामोड बसपार्कमा सञ्चालित ग्रिन भ्याली होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले इलामको माई-१ बस्ने नाईचल मगर, फाकफोकथुम-५ बस्ने अवेस मगर र धनकुटाको सागुरीगढी-९ बस्ने किशोरी रहेका छन् ।
प्रहरीले मगरद्वयलाई नियन्त्रणमा लिएको छ भने किशोरीलाई महिला पुनस्थापना केन्द्रमा पठाएको जनाएको छ ।

















