बिर्तामोड । लागूऔषध ब्राउन सुगरसहित बिर्तामोड-७ का सन्तोष प्रसाईं पक्राउ परेका छन् ।
बिर्तामोड-३ दृष्टि आँखा अस्पताल नजिकको सिटी होटल एण्ड लजबाट प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट ९ वटा प्लाष्टिकको पोकामा लागूऔषध ब्राउन सुगर बरामद भएको छ ।
बरामद भएको ४४० मिलिग्राम ब्राउन सुगर, पोको कम्पनीको मोबाईल थान १ र नगद रु १ हजार ५७० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

















