विर्तामोड । लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाले सर्लाहीबाट झापामा डेरा गरेर लागूऔषध कारोबार गर्दै आएका एकजनालाई नियन्त्रणमा लिएको छ ।
हिजो साँझ झापाको मेचीनगरस्थित मेचीपुलबाट भारतबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर लिएर नेेपाल आउदै गर्दा सर्लाहीको ईश्वरपुर-४ सागरनाथ टोलका सनम बुर्जा मगर पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मगर अर्जुनधारा-११ को बसपार्कमा डेरा गरेर बस्दै आएका थिए । मगरले झापामा डेरा बसेर लामो समयदेखि लागूऔषध कारोबार गरिरहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















