बिर्तामोड । भद्रपुर नगरपालिका वडा नं. ८ क्याम्पस मोडकी ७९ वर्षीया चन्द्रमाया घिमिरेमाथि उनका आफ्नै छोरा यशिस घिमिरेले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
मिति २०८२ चैत ९ गते भएको कुटपिटको दृश्य सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसारण भएपछि प्रहरीले तत्कालै अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३० वर्षीय घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।
घटनामा घाइते भएकी चन्द्रमाया घिमिरेको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ ।

















