बिर्तामोड । झापाको भद्रपुरस्थित मेचीपुलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका–९ का दिनेश कुर्मीलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ६९० मिलिग्रामसहित भद्रपुर–५ मेचीपुलबाट पक्राउ गरेको छ ।
उनलाई वडा प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















