बिर्तामाेड । झापामा लागूऔषध बरामद भएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुरबाट २० ग्राम ६९० ग्राम लागूऔषध ब्राउनसुगरसहित एकजनालाई नियन्त्रणमा लिएकाे छ । 

भद्रपुर नगरपालिका वडा न. ६  गिरीचोक बस्ने शोभित यादबको घर भाडामा बस्दै आएका भारतकाे ठाकुरगंज बस्ने बेचन यादबलाई गोप्य सुचनाको आधारमा वप्रका भद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेकाे थियाे । 

उनलाई नियन्त्रणमा लिई घरमा खानतलासी गर्दा घरको कम्पाउण्डमा लुकाई छिपाई ईटाको चाङमा राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ  फेला परेको थियाे । यादवलाई पक्राउ गरेर अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला  प्रहरी कार्यालयमा राखिएकाे छ ।