बिर्तामाेड। झापा प्रहरीले नेपालबाट अवैध रुपमा भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एकजना मानिसलाई नियन्त्रणमा लिएको छ  ।

बिहीबार राती झापाको मेचीनगर नगरपालिका–५ बाट भारततर्फ लाँदै गरेको अवस्थामा अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको झोला र पोते बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार अवैध रुपमा निकासी गर्दै गरेको अवस्थामा मेचीनगर नगरपालिकावडा नं ६ का बाबुल राजबंशीलाई समेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीले पक्राउ गरेका सामग्रीसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको जनाएको छ ।