बिर्तामोड । प्रहरीले ४५ ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले देश  भारत  राज्य पश्चिम बंगाल जिल्ला दार्जीलिङ नक्सालबारी ग्राम पञ्चायत कवलाजोत वस्ने  सारदिन महमदलाई  पक्राउ गरेको हो । 

मेचीनगर नगरपालिका वडा नं.१० कनिष्का धर्मकाटा स्थितबाट शंका लागि चेकजाँच गर्दा महमदको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखेर अनुसंधान भइरहेको प्रहरीको भनाई छ ।