बिर्तामाेड । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको सिटी सेन्टरअगाडि भएकाे दुर्घटनामा अनमाेल घाइते भएकी हुन् । बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १-०१-०१५प ९१४० नं.को स्कुटीलाई दुईवटा सवारीसाधनले ठक्कर दिएका थिए । एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नं को भारतीय ट्रक र ना ५ ख ८११९ नं को यात्रुबाहक बसले स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, इन्स्पेक्टर अशोक जवेगुले बताए ।

ट्रकले ठक्कर दिएपछि स्कुटी बससंग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक, बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए ।