बिर्तामोड । नेपाल प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको साडी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाे टोलीले मंगलबार बेलुका साढे ७ बजे भद्रपुर नगरपालिका– ५ मेचीकिनारस्थित काँसघारीमा ल्याएर राखेको करिब ४० हजार मुल्य बराबरको साडी बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको साडीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अस्थायी प्रहरी पोस्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार राती मेचीनगर नगरपालिका–७ स्थित ईटाभट्टा चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको ३२ हजार मुल्य बराबरको किराना सामान बरामद गरेको छ । बरामद गरिएको सामानलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको प्रहरीले जनाएको छ।