काँकडभिट्टा । अवैध रुपमा प्रतिबन्धित क्षेत्रबाट नदीजन्य सामग्री उत्खनन गर्ने दुईवटा ट्याक्टरसहित त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका वडा नं–२ चुरे क्षेत्रबाट चालकसहित ट्याक्टर नियत्रणमा लिएको हो । प्रहरीले ज २ त ९५३ नम्बरको ट्याक्टर र त्यसका चालक सोही स्थानमा बस्ने सुवास लिम्बुलाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका –३ मा अबैध रुपमा ढुङगा ओसार(पसार गरिरहेको फेला पारी प्र १–०१–००१ त ९२१९ नम्बरको ट्याक्टर र त्यसका चालक सोही स्थानका मौसम भुजेललाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई आवस्यक कार्बाहीको लागी मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाइएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।



















