बिर्तामाेड । वीरता जेसीसको बर्ष २०२३ का लागि अध्यक्षमा घनश्याम चौधरी निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ८१ मत ल्याई चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु प्रवेश बस्नेतले ४०, प्रकाश सुवेदी (लव ) ले २७ र दिवाकरलाल चौधरीले एक मत ल्याएका छन् । त्यस्तै उपाध्यक्ष पदमा प्रज्वल बिमली १२२, सुमनकुमार पोद्धार ११४, बाप्पा शाह ९८ र राज मुखिया ९५ मत ल्याएर निर्वाचित भएका छन् ।

विज्ञानराज पौडेल भने ८३ मतसहित पराजित भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुरज चौधरी ५४ र टीकाराम खतिवडा ४७ मतसहित निर्वाचित हुँदा अनन्तलाल महत्तो ४१, पुकार बराल ४०, अमरजीत शाह ३३, लोकचन्द्र श्रेष्ठ २५, जनक खड्का २३ र कृष्ण अग्रवाल १३ मत ल्याई पराजित भएका छन् । वीरता जेसीजको १६३ जना सदस्य रहेकोमा १५१ मत खसेको जनाइएको छ ।

यसअघि तालिम संयोजकमा दिपेन धिमाल, संयुक्त सचिवमा प्रकाश थापा मगर, जनसम्पर्क अधिकारीमा बसन्त ढकाल, प्रकरण निर्देशकमा दिपक शाह निर्विरोध चयन भइसकेका छन् । नयाँ नेतृत्वले महासचिवसहित केही पदमा मनोनित गर्ने व्यवस्था रहेको छ ।