बिर्तामाेड । झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलबार राति करिब पौने १२ बजे सडक पार गर्दै गरेका स्थानीय ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटीकाे कारकाे ठक्करबाट मृत्यु भएकाे हाे ।

उनीहरुलाई ना ४ च ४५२५ नम्बरको कारले ठक्कर दिएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गमा कारले ठक्कर दिएको हो । उक्त कार प्रहरीको नियन्त्रणमा छ । कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।